Kathmandu Press

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

सान्टियागो, (चिली) कात्तिक २ : चिलीको सान्टियागोमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। 

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक....

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

सान्टियागो, (चिली) कात्तिक २ : चिलीको सान्टियागोमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। 

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हन्। संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्।

Hardik ivf

शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्‍याएका छन्।

प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।  मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरे। उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागुहुने उल्लेख गरेका छन्। 
 

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, कात्तिक २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्