Kathmandu Press

‘खुसीको खुराक’ सार्वजनिक

काठमाडाैं, वैशाख १८ : गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल संगीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ।‘खुसीको...
‘खुसीको खुराक’ सार्वजनिक

काठमाडाैं, वैशाख १८ : गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल संगीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ।

‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन पर्‍यो, आँधीबेहरीले उडायो, केस कोर्‍याजस्ता विभिन्न ६ वटा गीतहरू समावेश गरिएको छ।

Hardik ivf

यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ। गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गरेका हुन्।

गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका हुन्। एल्बमलाई शुभकामना मिडिया सोलुसनले बजार व्यवस्थापन गरेको हो।

गीति लेखनमा चार दशक पार गरिसकेका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका छन् भन सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्।

सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औँ एकल एल्बम हो। उनका सयौँ गीत बजारमा चर्चामा छन्। साङ्गीतिक यात्रामा तीन दशक पार गरिसकेका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्