Kathmandu Press

‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानी नेपाललाई

काठमाडाैं, वैशाख १८ : युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ।हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति...
‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानी नेपाललाई

काठमाडाैं, वैशाख १८ : युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ।

हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति र बेथितिलाई चिर्दै जागरणको शङ्खघोषमा दिएको योगदान मूल्याङ्कन गर्दै प्रतिष्ठानले सिस्नुपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

Hardik ivf

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा भएको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले जानकारी दिए।

यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई प्रदान गरिने भएको छ।

पुरस्कार छनोटका लागि प्रतिष्ठानका उपाध्यक्ष मोहन लोहनीको संयोजकत्वमा समिति गठन गरिएको थियो।

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्