Kathmandu Press

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

काठमाडाैं, वैशाख १७ : काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनी...
‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

काठमाडाैं, वैशाख १७ : काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनी गरेका छन्।

प्रदर्शनीमा कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।

Hardik ivf

विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा चित्र कोरेका छन् । उनका अनुसार प्रकृतिमा जनावरको सम्बन्ध सिकार र सिकारीको बीचमा भ्रम भइरहन्छ । यसले नै सबै कुरालाई सन्तुलनमा राखिरहन्छ ।

त्यस्तै अर्का कलाकार विद्यार्थी सन्तोष गुरुङले सेरेनिटी (शान्ति) शीर्षकमा चित्र कोरेका छन् । ‘हामी सबैको एउटा यस्तो ठाउँ हुन्छ जहाँ शान्ति महसुस गर्न सक्छौं,’ उनले भने, ‘यहाँ जीवनका अपरिचितपानामा पाइने शान्तिलाई मैले चित्रमा उतारेको छु । यही मेरा गाउँका दृश्यहरु मेरा कामका विषयहरु हुन् जहाँ मैले खोजेको निश्चलपन भेट्टाएको छु । कुनै पनि संघर्ष र बाधाबिना पाइने शान्तिलाई नै मैले प्रस्तुत गरेको छु ।’

विभिन्न तरिकाबाट छाप निकाल्ने विधि अपनाएर विद्यार्थीले थरिथरिका प्रक्रिया अनुभव गर्दै दुई सेमेस्टरमा यी काम गरेएका हुन् ।

प्रकाशित मिति: ०९:५५ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्