Kathmandu Press

गभर्नर अधिकारीको रिट आज पनि 'हेर्दाहेर्दैमा'

काठमाडाैं, वैशाख १५ : गभर्नर महाप्रसाद अधिकारीको रिट आज (बिहीबार) पनि हेर्दाहेर्दैमा राखिएको छ। उनले सरकारले आफूमाथि थालेको छानबिन रोक्न माग गर्दै सर्वोच्च अदालतमा...
गभर्नर अधिकारीको रिट आज पनि 'हेर्दाहेर्दैमा'

काठमाडाैं, वैशाख १५ : गभर्नर महाप्रसाद अधिकारीको रिट आज (बिहीबार) पनि हेर्दाहेर्दैमा राखिएको छ।  सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको हो। यसअघि वैशाख १३ गते पनि सुनुवाइ नसकिएको भन्दै सो रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा आज दोस्रो दिन उक्त रिटको सुनुवाइ नसकिएपछि शुक्रबारका लागि पेसीमा राख्नेगरी गरी हेर्दाहेर्दैमा राखिएको हो।

बैंकिङ सूचना चुहाएको र कार्यक्षमताको अभाव देखिएको भन्दै सरकारले गत चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए।

आफूमाथिको छानबिन र निलम्बन कानुनविपरीत रहेको भन्दै गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए।

भोलिपल्टै चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गतेका लागि छलफलमा बोलाएको थियो। 

१३ गतेको सुनुवाइ नसकिएपछि न्यायाधीशद्वय मल्ल र प्रधानको इजलासमा हेर्दाहेर्दैमा परेकाे उक्त रिट आज पेसीमा चढेकाे थियाे।

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्