Kathmandu Press

पोखरामा गठबन्धनको ६ महिने कार्ययोजना : युवालाई १० लाख ऋण, वृद्धवृद्धालाई घरघरमा भत्ता 

६ महिनाभित्र सक्षम पोखरा परियोजना कार्यविधि बनाउने, आमा समूहलाई ‘ एक समूह एक उत्पादन ’ कार्यक्रम सञ्चालन गर्ने तथा परियोजना धितोमा युवा व्यवसायीलाई १० लाख सम्म स्टार्ट अपको लागि ऋण लगानी गर्ने लगायतका योजना रहेका छन्। 
पोखरामा गठबन्धनको ६ महिने कार्ययोजना : युवालाई १० लाख ऋण, वृद्धवृद्धालाई घरघरमा भत्ता 

काठमाडौं, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले पोखरा महानगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा पोखरालाई साइबर सिटी बनाउनेदेखि पर्यटकीय पूर्वाधार विकासका लागि विभिन्न योजना अघि सारेको छ। 

घोषणापत्रमा गठबन्धन दलको उम्मेदवार निर्वाचित हुँदा शुरुवाती ६ महिनामा गरिने कामहरु समेत समावेश गरिएको छ । गठबन्धनको उम्मेदवार निर्वाचित भएपछि पदबहालीको दिन महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने घोषणा गरेको छ। 

त्यस्तै एक महिनाभित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने, तीन महिनाभित्र ‘सुन्दर पोखरा स्वस्थ पोखरेली’ अन्तर्गत घुम्ति अस्पताल सञ्चालन गर्ने, तीन महिनाभित्र प्रभावकारी सामािजक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र ज्येष्ठ नागरिक भत्ता घर–दैलोमा उपलब्ध गराउने कार्ययोजना सार्वजनिक गरिएको छ।

त्यस्तै तीन महिना भित्र महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्न बस सेवा सञ्चालन गर्ने, करको दायरा फराकिलो बनाउने लगायतका योजना प्रस्तुत गरिएको छ। 

६ महिनाभित्र सक्षम पोखरा परियोजना कार्यविधि बनाउने, आमा समूहलाई ‘ एक समूह एक उत्पादन ’ कार्यक्रम सञ्चालन गर्ने तथा परियोजना धितोमा युवा व्यवसायीलाई १० लाख सम्म स्टार्ट अपको लागि ऋण लगानी गर्ने लगायतका योजना रहेका छन्। 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्