तालिका संशोधन नभए सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी

काठमाडौं, वैशाख १५ : वायु सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई कार्यान्वयन गर्न नसक्ने जनाएको छ।
संघले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर प्राधिकरणले शुक्रबार (वैशाख १६) देखि राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेकाे अवस्थामा सबै आन्तरिक उडान सेवा बन्द गर्ने चेतावनी संघले दिएको हाे।
प्राधिकरणले बुधबार आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो।
तालिकाअनुसार उडान कार्यान्वयनमा प्राविधिक समस्या रहेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए।
अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने प्राधिकरणको भनाइ छ।
वायुसेवा कम्पनीहरुले तालिका संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











