Kathmandu Press

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगकाे आग्रह

काठमाडौं, वैशाख १५ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ।आयोगले गरेको...
वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगकाे आग्रह

काठमाडौं, वैशाख १५ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ।

आयोगले गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले  सार्वजनिक बिदाका लागि मुख्य सचिवमार्फत सरकारलाई आग्रह गरिएको जानकारी दिए।

निर्वाचनसँग सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० सम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउन पनि आग्ह गरिएको उनले बताए।

वडा र स्वास्थ्य चौकीका भवन मतदानका लागि उपयोग गर्न वैशाख २८ देखि ३० सम्म उपलब्ध गराउन संघीय मन्त्रालयमार्फत पालिकालाई लेखेर पठाउने निर्णय गरेको आयोजले जनाएको छ।

आयोगका अनुसार जगेडासहित छाप्नुपर्ने १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको छ।

३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगको भनाइ छ।

बिहीबारसम्म प्रविष्ट भएको तथ्यांकअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको पनि आयोगले जनाएको छ।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्