Kathmandu Press

पोखराको पर्यटन विकासमा गठबन्धनको २४ योजना यस्तो छ 

घाेषणापत्रमा पाेखरामा ताल संरक्षण परियाेजना सञ्चालन गर्नेदेखि महानगरीय पर्यटन बाेर्डकाे स्थापना र सञ्चालन गरिने उल्लेख छ।
पोखराको पर्यटन विकासमा गठबन्धनको २४ योजना यस्तो छ 

काठमाडौं, वैशाख १५ : पोखरा महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आर्चार्यले पोखराको पर्यटन विकासका लागि विभिन्न योजनाहरु अघि सारेका छन्। 

स्थानीय निर्वाचनका लागि बिहीबार जारी गरेको घोषणापत्रमा पोखराको पर्यटन प्रवर्धन र विकासका लागि यस्ता योजना गठबन्धनले अघि सारेको छ : 
१. पोखरालाई नेपाल सरकारकाबाट औपचारिक रुपमा घोषणा गर्न आवश्यक पहल गरिने छ। 

२. पर्यटकीय गौरवका योजना सम्पन्न गरी पर्यटकको पोखरा आगमनको संख्या बसाईको अवधि र खर्च गर्ने दर बढाइने छ। यसरी आर्थिक वर्ष २०८४/०८५  सम्ममा महानगरमा वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य छ। 

३. MICE ( Meeting, Initiaitives, Meeting, Conferences, Events) पर्यटन मार्फत रोजगारीका अवसर बढाइने छ।

४. पोखरा ताल संरक्षण तथा जैविक विविधता प्रवर्धन परियोजना   ( Pokhara Lake conservation Area Project ) सञ्चालन गरिने छ।

५. पोखरामा Wellness Tourism, Adventure Tourism Promotion का प्याकेजहरु विस्तार गरिने छ। 

६. स्थानीय उपहार तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने  ‘पोखराको सम्झना’ उद्योगको स्थापना र सञ्चालन गरिने छ। 

७. पोखरालाई मास टुरिजमको हवका रुपमा विकास गरिने छ यसको लागि प्रवर्धन गर्ने तत्कालीन कार्यक्रमहरु सञ्चालन गरिने छ। पईटकीय गतिविधिलाई २४ घन्टा खुला राख्न पहल गरिने।

८. सरकारी र नीजि क्षेत्रको सहकार्यमा महानगरको ऐन बनाई महानगरीय पर्यटन वोर्डको स्थापना र सञ्चालन गरिने छ। 

९. पोखरा आसपासको शान्त र ग्रामीण ईलाकामा प्राकृतिक चिकित्सालय सञ्चालन गरिने छ। 

१०. स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पर्यटकीय गतिविधि तथा क्रियाकलापको सूचना प्रदान गर्न अत्याधुनिक पर्यटन सूचना केन्द्र स्थापना र सञ्चालन गरिने छ। 

११. पर्यटन, यातायात, सार्वजनिक स्थल आदीमा कार्य गर्ने कर्मचारीलाई लक्षित गरी Hospitality Behavior Development Training को आवधिक प्याकेज चलाइने छ। 

१२. वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने मुलुकहरुको बीचमा EXCHANGE VISIT Plan, Solidarity Package, Sister Relationship कायम गरिने छ। 

१३. छिमेकी राष्ट्र भारतका मूल ५ पीठका पीठाधीशलाई पोखरा देखि मुक्तिनाथ सम्म्का प्रमुख तीर्थस्थल भ्रमण गराई धार्मिक पर्यटनलाई प्रवद्र्धन गरिने छ। 

१४. छिमेकी राष्ट्र भारतका मूल ५ पीठका पीठाधीशलाई पोखरा देखि मुक्तिनाथ सम्म्का प्रमुख तीर्थस्थल भ्रमण गराई धार्मिक पर्यटनलाई प्रवद्र्धन गरिने छ। 

१५. पोखरालाई मुक्तिनाथको प्रवेशद्वारको रुपमा विकास गरिने छ। 

१६. लुम्बिनी–पोखरा–मुक्तिनाथ–मानसरोवर हवाई रुट विकास गरिनेछ। 

१७. पोखराका एतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण स्थानहरुमा Heritage Tourist Destination को रुपमा विकास गरिने छ। 

१८. पोखराका प्रसिद्ध तालहरुबाट नेपालका रारा लगायतका प्रमुख तालहरुमा इन्टरलेक एयर कनेक्सन गरिने छ। 

१९. साना तथा मझौला स्तरको होटलहरुले भोगिरहेको समस्या समाधान गर्न टुरिजम हेल्प डेस्कको व्यवस्था गरिने छ। 

२०. १०० कोठा वा सो भन्दा बढिको निर्माण गरि ३० प्रतिशतभन्दा बढि महानगरका नागरिकलाई रोजगार दिन सक्ने क्षमता राख्ने पूर्वाधार निर्माणमा नक्सा पास निशुल्क गर्ने व्यवस्था मिलाइने छ। 

२१. विश्वशान्ति स्तुपा,  बेगनासकोट, ठूलाकोट, पुम्दीकोट र काँहुडाडा लगायतका अन्य पर्यटकीय स्थानमा केबुलकारको निर्माणमा जोड दिइनेछ। 

२२. महानगरको पहलमा तालस्रोतहरुको बर्गिकरण गरी वेगनास, रुपा, मैदी, दिपाङ लगायतका तालहरुमा वाटर रिक्रियशन, पानीमा खेल्ने साहसिक खेलहरु, क्रुज, फ्लोटिङ्ग, रेष्टुरेन्ट जस्ता पर्यटन पूर्वाधार निर्माण गरिने छ।

२३. फेवा वेगनास कनेक्सन र सबै तालहरुमा सौन्दर्यकरण गरिनेछ। 

२४. ड्यामसाइड, रानीबन हुँदै अनदुडाँडा प्रिमियम पोनी ट्रेक प्याकेज सञ्चालन गरिने छ।  
 

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्