सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीले गरेका हाैं : नेपाल
काठमाडाैं, वैशाख १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफुहरुले नै गरेको बताएको छ। बिहीबार काठमाडौंमा आयोजित पार्टी...
काठमाडाैं, वैशाख १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफुहरुले नै गरेको बताएको छ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिलालगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले नभइ मनमोहन र आफूले गरेको बताएका हुन्।
उनले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसंग मिलेर भ्रष्टचारको काम गरेको र आफुहरुले जनताको लागी काम गरेको दाबी गरे।
अध्यक्ष नेपालले इमान्दारिता र निष्ठाको राजनीतिका साथ जनताप्रति समर्पित हुँदै अघि बढ्ने जिकिर गरे। उनले राम्रो काम गर्न सकेमात्र मनोबल उच्च हुने भएकाले घोषणापत्रमा उल्लेख बिषयलाई जनतामाझ लानुपर्ने धारणा पनि राखे।
उहाले छिटो समयमा नै जनताले विश्वास गरेर नै एकीकृत समाजवादी छोटो समयमा बलियो पार्टी हुन सफल भएको बताए। कार्यक्रममा नेकपा एकीकृत समाजवादी र एकीकृत नेकपाबीच एकता घोषणा गरिएको थियो।











