अधुरो कामलाई पूरा गर्न भन्दै दोहोरिने दाउमा जनप्रतिनिधि
कपिलवस्तु, वैशाख १५ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पुनः दोहाेरिने दाउमा छन्। कपिलवस्तुका १० पालिकामध्ये सात पालिकाका प्रमुख पदमा...
कपिलवस्तु, वैशाख १५ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पुनः दोहाेरिने दाउमा छन्।
कपिलवस्तुका १० पालिकामध्ये सात पालिकाका प्रमुख पदमा पुनः दोहोरिने गरि उम्मेदवारी दिएको हुन्। उम्मेदवारी दर्ता गराएका सात वटै स्थानीय तहका प्रमुखले विकास निर्माणको अधुरो कामलाई पूरा गर्न आफूहरुको उम्मेदवार बनेको बताए।
पुनः दोहाेरिने जनप्रतिनिधिमा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, बुद्धभूमिका प्रमुख केशवकुमार श्रेष्ठ, महाराजगन्का प्रमुख अब्दुल कलाम र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह रहेका छन्।
यसैगरी शुद्धोदन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ, मायोदवीका प्रमुख बजरङ्गी चौधरी र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पुनः त्यही पदमा उम्मेदवारी दिएका छन्।
कृष्णनगरका शाह, कपिलवस्तुका सिंह, बुद्धभूमिका श्रेष्ठ र महाराजगन्काज कलाम नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्। मायोदेवीका चौधरी र शुद्धोदनका खाँ भने जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन्।
यस्तै विजयनगरका थापा एमालेबाट र कृष्णनगरका शाह स्वतन्त्र उम्मेदवार बनेका छन्। यसैगरी शुद्धोदनका निसार अहमद पनि स्वतन्त्र रुपमा चुनाव जितेका थिए। शाह चार महिनाअघि कांग्रेसमा प्रवेश गरको थिए।
शुद्धोदन गाउँपालिकाकी उपप्रमुख सुधादेवी पाण्डेय कांग्रेसबाट फेरि उपप्रमुखको उम्मेदवार बनेकी छन्। बुद्धभूमिकी उपप्रमुख मीरा थारु र महाराजगन्जकी उपप्रमुख शोभावती कुर्मी कांग्रेसबाट फेरि उपप्रमुखकको उम्मेदवार बनेका छन्।
त्यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु र विजयनगरको उपप्रमुख लक्ष्मी थारु यसपटक पनि उम्मेदवार बनेका छन्। दुवै जना एमालेबाट लड्दैछन्।
यस्तै २०७४ सालमा कांग्रेसबाट उपप्रमुखमा जितेकी कन्यावती उपाध्यायले पार्टीबाट टिकट नपाएपछि यस पटक लोसपाबाट उपप्रमुखमा उम्मेदवार बनेकी छन्।











