Kathmandu Press

एकीकृत समाजवादी मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

एकीकृत समाजवादी मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

मकवानपुर, वैशाख १५ : नेकपा एकीकृत समाजवादी मकवानपुर अध्यक्षको जिम्मेवारी सूर्यचन्द्र न्यौपानेले पाएका छन्।

आज (बिहीबार) बसेको सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला सहइन्चार्जसमेत रहेका न्यौपानेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।  

यसअघिका अध्यक्ष श्रीधर पोखरेलले बुधबार पार्टी परित्याग गरेको घोषणा गरेपछि न्यौपानेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।


त्यस्तै बिहीबारको बैठकले तत्कालीन अध्यक्ष पोखरेललाई पार्टीबाट निष्कासन गर्नुका साथै आसन्न स्थानीय चुनावमा हेटौंडा उपमहानगर मेयरको टिकट नपाएको कारण उनले पार्टी छोडेको निष्कर्ष निकालेको थियो।

बैठकले पोखरेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। बैठकले पार्टीहितविपरीत कार्य गरेको भन्दै जिल्ला कमिटी सदस्य वीरेन्द्र डिसी, देवेन्द्र कोइरालालाई पनि पार्टीबाट निष्कासन गरेको छ।

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्