Kathmandu Press

पोखरा महानगरमा सत्ता गठबन्धनले ल्याएको घोषणापत्रमा के छ? (पूर्णपाठ) 

 पोखरा महानगरपालिकामा पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ।
पोखरा महानगरमा सत्ता गठबन्धनले ल्याएको घोषणापत्रमा के छ? (पूर्णपाठ) 

काठमाडौं, वैशाख १५ : पोखरा महानगरपालिकामा पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ। समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पूर्वाधार नारासहित गठबन्धनले घोषणा पत्र सार्वजनिक गरेको हो।

पाँचदलीय गठबन्धनबाट पोखरा महानगरपालिकामा मेयरका लागि एकीकृत समावादीका धनराज आचार्यले उम्मेदवारी दिइसकेका छन्। बिहीबार घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनले आफ्नो उम्मेदवारलाई मतदान गरी विजयी गराउन समस्त मतदातालाई आग्रह गरेको छ। 

घोषणापत्रमार्फत पोखरामा पाँच दलीय गठबन्धनको सरकारले सार्वजनिक शिक्षा निःशुल्क गर्नेदेखि दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन गर्ने तथा स्वास्थ्य र पर्यावरणलाई दिगो राखिने प्रतिबद्धता व्यक्त गरिएको छ।  

त्यस्तै सुशासन र जवाफदेहिता, स्रोतको समुचित व्यवस्थापन, प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिने उल्लेख छ। घोषणापत्रमा व्यवसायिक जनशक्तिको उत्पादनको लागि माध्यमिक तहको एक सुविधासम्पन्न महानगरीय व्यवसायिक शिक्षालय स्थापना गरिने उल्लेख छ। 

खेलकुदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउनका लागि ४ देखि १२ कक्षाका विद्यार्थीलाई लक्षित गरी महानगरीय खेलकुद एकेडेमी स्थापना गरिने घोषणापत्रमा उल्लेख छ। 

त्यस्तै स्थानीय स्रोत, साधनको सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाई रोजगार बजार जस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गरिने पनि बताइएको छ। 

युवालाई १० लाख सम्मको स्टार्ट अप ऋण दिने, पहिलो ६ महिनामा तीन हजार रोजगारी थप गर्ने साथै +२ सक्काएका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत लगायत विभिन्न उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने पनि उल्लेख छ। 

पोखराको सौन्दर्य थप्न तालको ड्याम, चोक एवं प्रत्येक सडकमा सोलार जडित सडकबत्तीको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरिएको छ। कृषी अन्तर्गत ‘हाम्रो उत्पादन हाम्रो गौरव कार्यक्रम’ सञ्चालन गरी कृषी उत्पादनको ब्राण्डिङ गरिने घोषणापत्रमा उल्लेख छ। 

त्यस्तै  पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द्र (साइबर सिटी) का रुपमा विकास गरिने घोषणापत्रमा उल्लेख छ। त्यस्तै महानगर भित्र महत्वपूर्ण सार्वजनिक स्थलहरुमा उच्च ब्यान्डवीथ सहितको फ्रि वाइफाइ प्रदान गरिने उल्लेख गरिएको छ। यस्तो छ घोषणापत्रको पूर्णपाठः 
  

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्