राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं, वैशाख १५ : राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
पौडेलले बुधबार अध्यक्ष कमल थापालाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष, प्रमुख आर्थिक विभाग, केन्द्रीय सदस्य एवं साधारण सदस्य समेतको पदबाट आजैको मितिबाट लागू हुनेगरी राजीनामा दिएको छु,’ पत्रमा उल्लेख छ।
राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे । तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।
प्रकाशित मिति: १५:०० बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











