कांग्रेसले कारवाही गरेका कर्ण मल्लले त्यागे सांसद पद
काठमाडौं, वैशाख १५ : पार्टीको नीतिविपरित एमालेसँग गठबन्धन गरेपछि कारवाहीमा परेका कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लले सांसद पद त्यागेका छन्। बिहीबार पत्रकार सम्मेलन...
काठमाडौं, वैशाख १५ : पार्टीको नीतिविपरित एमालेसँग गठबन्धन गरेपछि कारवाहीमा परेका कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लले सांसद पद त्यागेका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूहरुलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेको थियो।
केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उनलाई कारबाही गरेको थियो। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका छन्।
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











