Kathmandu Press

मनोनयन फिर्ता लिने समय बाँकी रहेकाले साझा उम्मेदवार बनाउने प्रयास जारी छ : नेपाल

काठमाडौं, वैशाख १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार र सोमबार भएको मनोनयन फिर्ता लिने समय शुक्रबारसम्म भएको अवस्थामा गठबन्धन दलबीच वडा...
मनोनयन फिर्ता लिने समय बाँकी रहेकाले साझा उम्मेदवार बनाउने प्रयास जारी छ : नेपाल

काठमाडौं, वैशाख १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार र सोमबार भएको मनोनयन फिर्ता लिने समय शुक्रबारसम्म भएको अवस्थामा गठबन्धन दलबीच वडा तहसम्मै साझा उम्मेदवार बनाउने प्रयास जारी रहेको बताएका छन्। 

‘देशभर सबै स्थानीय तहमा साझा उम्मेदवार बनाउने कोसिस भइरहेको छ। त्यसका लागि कार्यदल र शीर्ष तहको छलफलको समय तोकिएको छ,’ काठमाडौंमा बिहीबार पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘भोलिसम्म धेरै ठाउँमा सहमति हुन्छ, नभएका ठाउँमा स्वच्छ प्रतिस्पर्धा हुन्छ।’

अध्यक्ष नेपालले गठबन्धन आबद्ध दलका उम्मेदवारलाई निर्वाचित गर्न नेता-कार्यकर्तालाई आह्वान गरे। 

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच तलैसम्म गठबन्धन गर्ने निर्णय भए पनि शीर्ष नेताले चाहेजस्तो भने हुन सकेको छैन।

 

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्