मेयर आफ्नो नहुँदा कांग्रेस सांसदहरूले समेत निकै पीडा भोग्नुपरेको छ : महामन्त्री थापा
काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा कांग्रेसबाट मेयर नहुँदा कांग्रेस सांसद्हरूले समेत निकै पीडा भोग्नुपरेको बताएका छन्।सत्ता गठबन्धनबाट काठमाडौं...
काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा कांग्रेसबाट मेयर नहुँदा कांग्रेस सांसद्हरूले समेत निकै पीडा भोग्नुपरेको बताएका छन्।
सत्ता गठबन्धनबाट काठमाडौं महानगर मेयर उम्मेदवार सिर्जना सिंहको आज (बिहीबार) ‘संकल्पपत्र’ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भने, ‘काठमाडौंमा हाम्रो धेरै सांसद् बने तर काम धेरै गर्न सकेनौं। काठमाडौँ महानगरपालिकामा मेयर आफ्नो भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो।’
महानगर मेयर आफ्नो नहुँदा आफूले पाँच वर्षसम्म ससाना काम पनि गर्न नपाएर छटपटाउनुपरेको बताउँदै महामन्त्री थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर ससाना काम गर्न आतुर छौँ । त्यसका लागि पनि हामीलाई सिर्जना सिंहलाई भोट दिनैपर्छ, जिताउनेपर्छ।’
काठमाडौं महानगर मेयरमा सिर्जना सिंहले कुनै नौलो सपना नदेखाएको, दिनहुँ महानगरवासीले भोगेको पीडालाई समाधान गर्ने संकल्प मात्र लिएको उनले बताए। उनले सिर्जना सिंहबाट कुनै चमत्कार नदेख्ने अनुरोध पनि गरे। चमत्कारका कुरा गरेर मात्र, सपना बाँडेर मात्र केही हुन नसक्ने उनको आशय थियो।
'उडन्ते कुराको अपेक्षा गर्नुहुन्छ भने तपाईंको अपेक्षा होइन रहेछ भन्ने लाग्छ। मलाई सबै कुरा थाहा छ, मैले त नजित्ने कुरै छैन, मेलै दुई लाख भोट ल्याउँछु भन्ने अहंकारको अपेक्षा गर्नुहुन्छ भने तपाईं सिर्जना सिंहबाट त्यो पाउनुहुन ।'
उनले सूर्यमा भोट हाल्दै आएका मतदातालाई पनि यसपटक रूखमा भोट हालेर सिर्जना सिंहलाई जिताउन अपिल गरे ।











