Kathmandu Press

गृहमन्त्रीलाई  भरतपुरका बागी उम्मेदवारको जवाफ – उम्मेदवारी फिर्ता लिन सम्भव छैन 

काठमाडौं, वैशाख १५ : भरतपुरमा भरतपुर महानगरपालिकाको मेयरमाा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन्। भरतपुर माओवादी केन्द्रको भागमा...
गृहमन्त्रीलाई  भरतपुरका बागी उम्मेदवारको जवाफ – उम्मेदवारी फिर्ता लिन सम्भव छैन 

काठमाडौं, वैशाख १५ : भरतपुरमा भरतपुर महानगरपालिकाको मेयरमाा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन्। भरतपुर माओवादी केन्द्रको भागमा परेपछि गठबन्धनको साझा उम्मेदवार रेणु दाहाल छिन्। 

भरतपुर माओवादीलाई दिएसँगै कांग्रेसका असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएका थिए। सहमतिविपरित उम्मेदवारी दिएपछि गृहमन्त्री बालकृष्ण खाण खतिवडालाई फकाउन चितवन पुगेका थिए। नेता पौडेलले गृहमन्त्रीले आफूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको तर आफूले अस्वीकार गरेको बताएका छन्। 

बिहीबार बिहान गृहमन्त्रीसँग छलफल सकेर पत्रकारसँग कुराकानी गर्दै नेता पौडेलले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने र नहुने ठाउँमा पुगेको जवाफ दिएको बताए। उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें।’

उनले भरतपुरका कांग्रेस कार्यकर्ता र मतदाताको भरोसा तोड्न नसक्ने बताए । यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

पौडेललाई भेटेपछि गृहमन्त्री खाँणले भने, पौडेलले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । खाँणले भने, ‘जगन्नाथ पौडेलले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ, पार्टीको निर्णय सबैले मानेर जान्छन् ।’


 

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्