Kathmandu Press

बागी उम्मेदवारी फिर्ता लिएर पार्टी जिताउनमा केन्द्रीत हुन देउवाको अपिल 

काठमाडौं, वैशाख १५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन्। बिहीबार बक्तव्य जारी गर्दै देउवाले...
बागी उम्मेदवारी फिर्ता लिएर पार्टी जिताउनमा केन्द्रीत हुन देउवाको अपिल 

काठमाडौं, वैशाख १५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन्। बिहीबार बक्तव्य जारी गर्दै देउवाले देशभर पार्टीको आधिकारिक उम्मेदवारबाहेक स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका नेता कार्यकर्ताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। 

उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका लागिपर्न पनि अपिल गरेका छन् ।  

वक्तव्यमार्फत देउवाले मुलुकको अग्रगामी  विकास र समृद्धिका लागि पाँच दलीय गठबन्धन बनाइएको र वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरुलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरुलाई मजबुद बनाउनु आजको सर्वाधिक आवश्यकता रहेको बताएका छन्। 

उनले पार्टीभित्रकै साथीको उम्मेदवारीलाई आफ्नै उम्मेदवारी सम्झन आग्रह गरेका छन्। ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ,’ वक्तव्यमा भनिएको छ। 


 
 

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्