Kathmandu Press

भिल्लारियलमाथि लिभरपुलको जित

काठमाडौं, वैशाख १५ : च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति घरेलु मैदान एन्डफिल्डमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २–० को...
भिल्लारियलमाथि लिभरपुलको जित

काठमाडौं, वैशाख १५ : च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति घरेलु मैदान एन्डफिल्डमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २–० को जित निकाल्यो।

लिभरपुलको जितमा साडियो मानेले एक गोल गर्दा अर्को गोल उसले उपहार स्वरुप पाएको थियो। खेलमा दुवै गोल दोस्रो हामफमा सम्मभव भएको थियो।

पहिलो हाफा गोलरहित बराबरीमा सकिएको खेलमा दुई मिनेमा २ गोल गर्दै लिभपुल विजयी भयो। ५३औं मिनेटमा लिभरपुलले अग्रता लियो । भिल्लारियलका पेरभिस इस्टुपिननले आत्मघाती गोल गरेका थिए । ५५औं मिनेटमा मानेले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगै लिभरपुलको फाइनल यात्रा केही सहज भएको छ । उ पाँच सिजनमा तेस्रो पटक फाइनल नजिक पुगेको हो । लिभरपुल र भियारियलबीचको दोस्रो लेग मे ४ मा भियारियलको मैदानमा हुनेछ ।

२०१८ को फाइनलमा रियल मड्रिडसँग हारेको लिभरपुलले २०२० मा उपाधि जितेको थियो । यस सिजन चार उपाधिको होडमा रहेको लिभरपुलले इंग्लिस लिग कपको उपाधि जितिसकेको छ । उ च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि होडमा छ।

प्रकाशित मिति: १०:४० बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्