Kathmandu Press

उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, वैशाख १५ : स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको आज नामावली प्रकाशन गरिँदै छ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख...
उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, वैशाख १५ : स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको आज नामावली प्रकाशन गरिँदै छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेको थियो। उनीहरुको नामावली आज प्रकाशन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आयोगले वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो। उम्मेदवारविरुद्ध परेका उजुरीमाथि हिजो र आज छानबिनको समय तोकेको थियो। आज साँझ साँझ ६ बजे नामावली प्रकाशन हुने प्रवक्ता पौडेलले बताए।

शुक्रबार उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ। त्यसपछि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यहि दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ।

आयोगका अनुसार अहिलेसम्म ७५३ स्थानीय तहमा एक लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएको विवरण आएको छ। वैशाख ३० गते ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन हुनेछ।

यस पटक निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्।

प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्