Kathmandu Press

भरतपुरको एउटा घरमा आगलागी हुँदा ६ पसल जले

चितवन, वैशाख १५ : चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा आगलागी हुँदा ६ पसल जलेर नष्ट भएका छन्।स्थानीय तुलसीराम सापकोटाको चारतले घरमा आगलागी भएको...
भरतपुरको एउटा घरमा आगलागी हुँदा ६ पसल जले

चितवन, वैशाख १५ : चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा आगलागी हुँदा ६ पसल जलेर नष्ट भएका छन्।

स्थानीय तुलसीराम सापकोटाको चारतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको घरमा रहेका ६ वटा पसल जलेका छन्।

आज बिहान २ बजेतिर आगलागी भएको सूचना पाए लगत्तै प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले बताए।

आगो निभाउन पाँच घण्टा लागेको उनले बताए। आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार आगलागीमा वसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, बासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसलमा क्षति पुगेको छ।

प्रकाशित मिति: ०८:१६ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्