Kathmandu Press

सिर्जना सिंह चुनावी संकल्प पत्र सार्वजनिक गर्दै

काठमाडौं, वैशाख १५ : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्न लागेकी छन्।उनले आफ्ना योजनासहित संकल्प...
सिर्जना सिंह चुनावी संकल्प पत्र सार्वजनिक गर्दै

काठमाडौं, वैशाख १५ : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्न लागेकी छन्।

उनले आफ्ना योजनासहित संकल्प पत्र सार्वजनिक गर्न लागेको जनाइएको छ। नेत्री सिंह आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।

काठमाडौंलाई आधुनिक शहर बनाउने योजना सार्वजनिक हुने जनाइएको छ। यससँगै काठमाडौंलाई सुन्दर र सुविधायुक्त शहर बनाउने योजना सुनाउनेछिन्।

उनी सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी छन्। गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठ उपमेयरका उम्मेदवार छन्।

त्यस्तै, नेकपा (एमाले) को तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार छन्।

 

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्