Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान

काठमाडौं, वैशाख १५ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने भएको छ।नेपाल एअरलाइन्सको वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान

काठमाडौं, वैशाख १५ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने भएको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि उड्ने गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले बताए।

उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी, पत्रकार लगायत गरी २६० जना यात्रु परीक्षण उडानमा गौतमबुद्ध विमानस्थल पुग्नेछन्। काठमाडौंबाट उडेको दुई घण्टापछि नेपाल एअरलाइन्सको जहाज फेरि काठमाडौं फर्किनेछ।

परीक्षण उडानमा जाने यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियम अनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रबन्धक दाहालले बताए।

गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तयारी गरिएको थियो। तर, प्राविधिक कारणले ढिलाइ भएको थियो।

यो विमानस्थलबाट जेठ २ गते बुद्ध जयन्तिदेखि नियमित व्यावसायिक उडान हुनेछन्। अहिलेसम्म कुवेतको जजिरा एअरले व्यवसायिक उडानको अनुमति लिएको छ।

प्रकाशित मिति: ०७:४३ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्