Kathmandu Press

३५ हजार पदका लागि एक लाख ५२ हजार उम्मेदवार

काठमाडौं, वैशाख १५ : स्थानीय तह निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र गरी एक लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगको...
३५ हजार पदका लागि एक लाख ५२ हजार उम्मेदवार

काठमाडौं, वैशाख १५ : स्थानीय तह निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र गरी एक लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगको प्रणालीमा गएरातिसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी मेयरमा तीन हजार ४९४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, अध्यक्षमा तीन हजार ३८७ को मनोनयन परेको छ।

उपमेयरमा दुई हजार ५६ र उपाध्यक्षमा दुई हजार एक जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। यसैगरी, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ।

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरेको थियो।

स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिधिका लागि वैशाख ३० गते मतदान हुनेछन्।

No photo description available.

प्रकाशित मिति: ०६:५३ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्