Kathmandu Press

अल्मुताइरीविरुद्ध सिनियर खेलाडीको विद्रोह

काठमाडौं, वैशाख १४ : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक र खेलाडीबिच विवाद देखिएको छ। राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दलाई बन्द प्रशिक्षणबाट हटाउन...
अल्मुताइरीविरुद्ध सिनियर खेलाडीको विद्रोह

काठमाडौं, वैशाख १४ : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक र खेलाडीबिच विवाद देखिएको छ। राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दलाई बन्द प्रशिक्षणबाट हटाउन चर्चा चलेपछि प्रशिक्षक अब्दुल्लाह  अलमुतारी र खेलाडीबीच विवाद उत्पन्न भएको हो।

अहिले नेपाली राष्ट्रिय फुटबल टिम एएफसी कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छ। प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टिमका सिनियर खेलाडीले विद्रोह गरेका छन्। 

बुधबारबाट रोहित चन्दलाई राष्ट्रिय टिमबाट बाहिर राख्ने चर्चा चलेपछि अल्मुताइरीसँग असन्तुष्ट रहेका रोहितसतिका एक दर्जन खेलाडीले विद्रोह गर्दै क्याम्प छाडेका हुन्। मंगलबार प्रशिक्षण सकेर होटल फर्किएलगत्तै रोहितसहितका सिरिनय खेलाडीले होटल छाडेको एन्फा स्रोतले जनाएको छ।

आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षक र खेलाडीबीच खटपट सुरु भएको थियो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितले सुरुवातमा क्याम्प छाडेका थिए । रोहितले क्याम्प छाड्दा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको अन्य खेलाडीले पनि विद्रोह गर्दै क्याम्प छाडेका हुन्। 

अल्मुताइरीसँग असन्तुष्टी जनाउँदै होटल छाड्नेमा रोहितसँगै विशाल राई, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, विमल घर्तीमगरलगायतका छन्। अल्मुताइरीले रोहितलाई दुर्व्यवहार गरेको आरोप उनीहरुको छ। राष्ट्रिय टिममा विद्रोह गरेका उनीहरुले राष्ट्रिय टिमको फोसबुक ग्रुप पनि लिभ गरेको बताइएको छ। 

यसैबीच मुख्य प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा १४ नयाँ खेलाडीलाई बोलाएका छन्। एक दर्जन सिनियर खेलाडीले क्याम्प छाडेपछि अल्मुताइरीले जुनियर खेलाडीलाई क्याम्पमा बोलाएका हुन्। 

खेलाडीले क्याम्प छाडेपछि अखिल नेपाल फुटबल संघ ९एन्फा०अध्यक्ष कर्माछिरिङ शेर्पासँग असन्तुष्ट खेलाडीसँग वार्ता गरिरहेको बताइएको छ।

प्रकाशित मिति: २०:१७ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्