Kathmandu Press

सत्तारुढ गठबन्धनको केन्द्रीय तहको चुनावी सभा अब वैशाख २३ मा 

काठमाडौं, वैशाख १४ : सत्तारुढ गठबन्धनले केन्द्रीय तहको चुनावी सभाको मिति संशोधन गरेको छ  ।आज कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव...
सत्तारुढ गठबन्धनको केन्द्रीय तहको चुनावी सभा अब वैशाख २३ मा 

काठमाडौं, वैशाख १४ : सत्तारुढ गठबन्धनले केन्द्रीय तहको चुनावी सभाको मिति संशोधन गरेको छ  ।

आज कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको आज बसेको बैठकले केन्द्रीय तहको चुनावी सभा वैशाख २३ गते १ बजे काठमाडौंमा गर्ने गरी संशोधन गरेको हो ।

यसअघि वैशाख २२ गते काठमाडौंमा र १८ देखि २० सम्म देशका मुख्य शहरमा चुनावी सभा गर्ने कार्यतालिका रहेको थियो । सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्