Kathmandu Press

२२ जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाडाैं, वैशाख १४ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको...
२२ जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाडाैं, वैशाख १४ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ।

आज सुदूरपश्चिम प्रदेशका कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो। ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ।

बैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो। आजसम्म एक करोड ८७ लाख ९८८ प्रतिशत० मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ। 

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्