Kathmandu Press

कांग्रेसका असन्तुष्ट पक्षसँग छलफल गर्न गृहमन्त्री खाँण चितवनमा

चितवन, वैशाख १४ : नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँण चितवन आएका छन्।भरतपुर महानगरपालिका मेयरका लागि कांग्रेस नेता जगन्नाथ पौडेलले...
कांग्रेसका असन्तुष्ट पक्षसँग छलफल गर्न गृहमन्त्री खाँण चितवनमा

चितवन, वैशाख १४ : नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँण चितवन आएका छन्।

भरतपुर महानगरपालिका मेयरका लागि कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनीसँग छलफल गर्न आज (बुधबार) उनी चितवन आएका हुन्।

सत्ता गठबन्धनबाट महानगरको मेयर माओवादी केन्द्रको भागमा परेको थियो भने उममेयर कांग्रेसको भागमा परेको थियो।

माओवादी केन्द्रबाट रेनु दाहाल मेयरमा र कांग्रेसबाट चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन्। 
उक्त भागबन्डाप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता पौडेलले बागी उम्मेदवारी दिएका थिए।

खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गरिरहेको जनाइएको छ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताएका थिए।

गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो नहुने र गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद र। छलफल गर्दा एक कदम पछाडि पनि हट्नुपर्ने अवस्था आउने उनको भनाइ थियो।

‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘गठबन्धनका कारण पार्टीले मतदाता गुमाउनुपर्देन।’ 

बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने उनको भनाइ थियो।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्