Kathmandu Press

जिल्लाजिल्लामा महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय हुनुपर्छ : आरजु देउवा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले जिल्लाजिल्लामा महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय हुनुपर्नेमा जोड दिएकी छन्।आज (बुधबार) ललितपुरमा...
जिल्लाजिल्लामा महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय हुनुपर्छ : आरजु देउवा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले जिल्लाजिल्लामा महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय हुनुपर्नेमा जोड दिएकी छन्।

आज (बुधबार) ललितपुरमा आयोजित ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा उनले त्यस्ताे बताएकी हुन्।

उनले महिलाहरूको समस्या समाधानका लागि जिल्लाजिल्लामा महिला विकास कार्यालय व्यवस्था गरिए पनि पछि हटाइएकोमा असन्तुष्टि जनाइन्।

‘महिला विकास कार्यालय जिल्लाजिल्लामा नहुँदा महिलाहरूमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने काममा एकदमै अप्ठ्यारो परिरहेको छ,’ उनले भनिन्।

नेतृ देउवाले घरघरमा गएर महिला, बालिबालिका र ज्येष्ठ नागरिकहरुलाई सहज सेवा दिन हरेक स्थानीय तहमा सेवा केन्द्रहरुको स्थापना गर्ने कुरालाई सरकारले छलफलमा अघि बढाएको जानकारी दिँदै त्यसको व्यवस्थापनमा ढिलाइ हुन नहुनेमा जोड दिइन्।

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी प्रमुख एसएसपी किरण शर्माले पछिल्ला दिनहरुमा बढ्दो महिला हिंसाका घटना नियन्त्रण गर्न सरोकारवाला निकायहरुबीच बलियो सहकार्य हुनुपर्ने बताइन्। 

कार्यक्रममा पछिल्लो ६ महिनामा मात्रै देशभरि घरेलु महिला हिंसासम्बन्धी १४ हजार २ सय ३२ उजुरी पर्न आएको तथ्यांक पनि सार्वजनिक गरियो।

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्