नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज जुन ९ बाट
काठमाडाैं, वैशाख १४ : आईसिसीले विश्वकपको छनोटका रुपमा रहेको विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको सिरिजको तालिका सर्वाजनिक गरेको हो।...
काठमाडाैं, वैशाख १४ : आईसिसीले विश्वकपको छनोटका रुपमा रहेको विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको सिरिजको तालिका सर्वाजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार सिरिज जुन ९ बाट सुरु हुने भएको छ।
अमेरिकामा हुने सिरिजमा नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ। ओमान र नेपालबीचको खेल जुन ९ तारिखमा हुनेछ।
यस्तै, नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा खेल्ने छ। जुन १४ मा फेरि नेपालले ओमानसँग भने जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ। लिग २ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ।
लिगमा ओमान ३२ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको स्कटल्यान्डको १६ खेलबाट २४ अंक छ। तेस्रो स्थानमा रहेको युएईको १८ खेलबाट २२ अंक छ।
नामिबिया १४ खेलबाट १४ अंक जोड्दै चौथो र अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको २० खेलबाट २ अंक छ।











