Kathmandu Press

जेठबाट सातामा दुई दिन सार्वजनिक बिदा

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
जेठबाट सातामा दुई दिन सार्वजनिक बिदा

काठमाडौं, वैशाख १४ : सरकारले आउने जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै सरकारले जेठ १ देखि नै लागु हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको उनले बताए।

भारतको नयाँ दिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डिआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ।

मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने तथा विलासिताका १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्