Kathmandu Press

बुस्टर खोप लगाउन र स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिन मन्त्रालयकाे आग्रह

काठमाडौं, वैशाख १४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका वा जोन्सन एन्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप लगाउन...
बुस्टर खोप लगाउन र स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिन मन्त्रालयकाे आग्रह

काठमाडौं, वैशाख १४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका वा जोन्सन एन्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गरेको छ।

खोप लगाएको तीन महिना पूरा गरेका १८ वर्ष माथिका सबैलाई नजिकैको वडा कार्यालयमा सम्पर्क राखेर बुस्टर खोप लगाउन अनुरोध गरेको छ।

खोप लगाए पनि स्वास्थ्य मापदण्डका ५ कार्यलाई निरन्तरता दिइरहन मन्त्रालयले आग्रह गरेको छ। ती ५ कार्यमा भौतिक दूरी कायम, मास्क प्रयोग, खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने काम, हातको सरसफाइ पर्छन्।

मन्त्रालयले आफू बच्न, अरुलाई बचाउन, नयाँ भेरियन्ट आउन नदिन, संक्रमणको चक्र तोड्न र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ती कार्यलाई निरन्तरता दिन आग्रह गरिएको हो। 

प्रकाशित मिति: १४:१० बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्