Kathmandu Press

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’

चितवन, वैशाख १४ : शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन्।यहाँस्थित लक्ष्मी...
‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’

चितवन, वैशाख १४ : शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन्।

यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताए। 

उनले भने, 'केही प्रश्नपत्रमा शिक्षकहरुको समेत गुनासो आएको छ। यसलाई हामी समीक्षा गर्छौं।' देशैभर एसइई शान्त रुपमा भइरहेको उनले जानकारी दिए। उनले भने, 'विद्यार्थीले राम्रै परिणाम ल्याउँछन्।' कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उgको भनाइ थियो।

अर्को प्रसंगमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताउनुभयो। कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उgको भनाइ थियो।

त्यस्तै अर्काे प्रसंगमा बोल्दै उनले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडि बढाउने बताए। उनले भने, 'धेरै ठाउँमा मिलेको छ। नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ।'

बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उहाँले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नुचाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताए।

बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्