Kathmandu Press

सत्ता गठबन्धन बालुवा र तासको घर भएकाले तर्सिनुपर्दैन : उपाध्यक्ष पौडेल

रुपन्देही, वैशाख १४ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन्।बुधबार रुपन्देहीको...
सत्ता गठबन्धन बालुवा र तासको घर भएकाले तर्सिनुपर्दैन : उपाध्यक्ष पौडेल

रुपन्देही, वैशाख १४ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन्।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चूनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताए।

उनले चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गरे। पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र विकास अघि बढ्ने भएकाले जनताका लािग जीत हासिल गर्नुपर्ने धारणा राखे।

सरकारमा रहेका दलहरु आजका मितिमा पनि चूनाव सार्ने षडयन्त्रमा लागिरहेको उनको आरोप छ। उनले जतिसुकै कोसिस गरे पनि समयमा नै निर्वाचन गर्न र एमालेलाई बिजयी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।

पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा बिजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताए।

उनले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार विजयी हासिल गर्ने दाबी गरे। 

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्