Kathmandu Press

विप्लव नेतृत्वको नेकपाबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली निष्कासित 

पार्टीका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी हितविपरितका गतिविधि गरेको भन्दै बास्तोला र वलीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारवाही गरिएको जानकारी दिएका छन्। 
विप्लव नेतृत्वको नेकपाबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली निष्कासित 

काठमाडौं, वैशाख १४ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पार्टीबाट निस्कासित भएका छन्। 

पार्टीका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी हितविपरितका गतिविधि गरेको भन्दै बास्तोला र वलीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारवाही गरिएको जानकारी दिएका छन्। 

यससँगै विप्लव नेतृत्वको नेकपा पनि विभाजनमा पुगेको छ। स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने भन्नेबारे यसअघि नै सो पार्टीमा दुई समूह बनिसकेको थियो। बास्तोला र वली पार्टी संसदीय व्यवस्थाको विपक्षमा हुनुपर्ने अडानमा थिए भने विप्लव र प्रकाण्ड चुनावको सदुपयोग गर्नुपर्ने पक्षमा थिए। 

बुधबार  बिहान  कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई  निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए।

‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको बितण्डा एवं कञ्चनजीले  अलग केन्द्रका रुपमा बक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरुसँग छलफल गरियो। सबैतिरबाट सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकोको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकाले पार्टी विधान अनुसार दुबैजनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्