Kathmandu Press

सरकारले १० प्रकारका सामान आयातमा लगायाे रोक

काठमाडौं, वैशाख १४ : सरकारले १० प्रकारका विलासी तथा उपभाेग्य सामान आयातमा रोक लगाएको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० किसिमका विलासी तथा उपभाेग्य...
सरकारले १० प्रकारका सामान आयातमा लगायाे रोक

काठमाडौं, वैशाख १४ : सरकारले १० प्रकारका विलासी तथा उपभाेग्य सामान आयातमा रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० किसिमका विलासी तथा उपभाेग्य सामान आयातमा रोक लगाइएको हो।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानबारे मन्त्रालयले नेपाल राजपत्रमा सूचना नै प्रकाशित गरेको छ।

कूटनीतिक नियोगका अधिकारीहरुलाई भने उक्त बन्देज नलगाइएको मन्त्रालयले जनाएको छ।

यसैगरी वैशाख १३ भित्र बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुनेछैन।

आयातमा रोक लगाएका सामान यसप्रकार छन् ः

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट दिइएको)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन भने छुट दिइएको)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इन्जभन्दा माथिका)

७. जिप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्