Kathmandu Press

उम्मेदवारविरुद्ध परेका उजुरीमा आज र भोलि छानबिन

काठमाडौं, वैशाख १४ : स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि छानबिन हुने भएको छ।स्थानीय चुनावका लागि...
उम्मेदवारविरुद्ध परेका उजुरीमा आज र भोलि छानबिन

काठमाडौं, वैशाख १४ : स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि छानबिन हुने भएको छ।

स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। त्यसका विरुद्ध वैशाख १३ गते उजुरी आह्वान गरिएको थियो। केही उम्मेदवारविरुद्ध उजुरी परेका छन्।

देशभर उम्मेदवारविरुद्ध परेका उजुरमा बुधबार र बिहीबार छानबिन हुने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यहि दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगको कार्यसूची छ।

निर्वाचन आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहमा एक लाख ५० हजार ४९४ उम्मेदवारी परेको छ। अझै केही स्थानीय तहको विवरण आउन बाँकी छ।

वैशाख ३० गतेका स्थानीय तह निर्वाचन हुँदै छ। त्यसबाट ३५ हजार २२१ जनप्रतिनिधि चुनिएर आउनेछन्।

प्रकाशित मिति: ०८:५४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्