Kathmandu Press

बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा

काठमाडौं, वैशाख १४: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई हराउँदै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ।पुनेमा भएको खेलमा राजस्थानले...
बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा

काठमाडौं, वैशाख १४: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई हराउँदै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ।

पुनेमा भएको खेलमा राजस्थानले बेंलोरलाई २९ रनले पराजित गरेको हो। राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलोर १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रनमै समेटियो।

यो राजस्थानको छैटौं जित हो। योसँगै १२ अंक जोडेर राजस्थान शीर्षस्थानमा उक्लिएको छ।

पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले ५६ रन बनाएका थिए।

त्यस्तै, सञ्जु सामसनले २७ र रविचन्द्र आश्विनले १७ रन बनाए। बेंगलोरका लागि मोहमद सिराज, जोश हाजलउड र बानिन्दु हसरंगाले २÷२ विकेट लिए।

 

प्रकाशित मिति: ०७:११ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्