Kathmandu Press

गठबन्धनका शीर्ष नेताले बागीलाई उम्मेदवारी फिर्ता गर्न आह्वान गर्ने

काठमाडौं, वैशाख १४ : सत्तारुढ पाँच दलका शीर्ष नेताले गठबन्धनका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरेका बागीलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन्।गठबन्धनका शीर्ष...
गठबन्धनका शीर्ष नेताले बागीलाई उम्मेदवारी फिर्ता गर्न आह्वान गर्ने

काठमाडौं, वैशाख १४ : सत्तारुढ पाँच दलका शीर्ष नेताले गठबन्धनका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरेका बागीलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन्।

गठबन्धनका शीर्ष नेताले आज आह्वान गर्ने तयारी रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। पाँच  दलीय  संयन्त्र  निर्वाचन  तयारी  तथा  अनुगमन  समितिका संयोजक पौडेलका अनुसार बागी उम्मेदवारी फिर्ता लिन र साँझा उम्मेदवारलाई सघाउन आह्वान गरिनेछ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय वैशाख १६ गते तोकेको छ। आज र भोलि आयोगले उम्मेदवारी उपर छानबिन र जाँचबुझ गर्नेछ।

त्यसपछि, वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने त्यहि दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। वैशाख ३० गते मतदान हुनेछ।

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्