Kathmandu Press

सानिमा बैंकले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने 

काठमाडौं, असोज ३० : सानिमा बैंकले यस बर्ष २१ प्रतिशत लाभांशले दिने भएको छ। 

बैंकको १५ औं वार्षिक साधारणसभा मार्फत सेयरधनीलाई चुक्त....

सानिमा बैंकले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने 

काठमाडौं, असोज ३० : सानिमा बैंकले यस बर्ष २१ प्रतिशत लाभांशले दिने भएको छ। 

बैंकको १५ औं वार्षिक साधारणसभा मार्फत सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। 
आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २६ करोड खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १०९.०६ अर्व, कुल निक्षेप ९२ अर्ब २८ करोड तथा खुद कर्जा सापटी ८३ अर्ब ४४ करोड रहेको छ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।
 

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, असोज ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्