Kathmandu Press

कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल पार्टीबाट निष्कासित

काठमाडौं, वैशाख १३ : नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ । कांग्रेसको विधान विपरीत गतिविधि...
कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल पार्टीबाट निष्कासित

काठमाडौं, वैशाख १३ : नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ । 

कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी हटाईएको हो । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मल्ललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको हो । 

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्