Kathmandu Press

लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी

रूपन्देही, बैशाख १३ : स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालले आज सार्वजनिक...
लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी

रूपन्देही, बैशाख १३ : स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालले आज सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तहको प्रमुखमा ४०४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २८५ जनाले दर्ता गराएका छन्।

पालिकाको अध्यक्ष पदमा ५४६ र उपाध्यक्ष पदमा ४२० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। वडाध्यक्ष पदमा पाँच हजार १०२ को मनोनयन परेको छ। महिला सदस्यमा तीन हजार ८८६, दलित महिला सदस्यमा तीन हजार ६०३ र सदस्यमा आठ हजार १७५ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ। आयोगको सूचना अनुसार गुल्मी जिल्लामा एक हजार ३२० ले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी पाल्पामा एक हजार १०८, अर्घाखाँचीमा ८७२ जना र कपिलवस्तुमा तीन हजार ३२ ले उम्मेदवारी दर्ता गराएका छन्। रुकुम पूर्वमा ३९७ जना, रोल्पामा एक हजार १६३ जना, प्युठानमा ९७१, दाङमा दुई हजार ३६२ जना र बाँकेमा दुई हजार ३२७ ले उम्मेदवारी दर्ता गराइका छन्। यसैगरी बर्दियामा एक हजार १७५२ जना र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा दुई हजार ३८ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ।

रुपन्देहीमा  पाँच हजार ७४ जनाको मनोनयन

रुपन्देहीका १६ वटा पालिकामा पाँच हजार ७४ ले मनोनयन दर्ता गराएका छन्। एउटा उपमहानगरपालिका र पाँच नगरपालिका रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ४७७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार तिलोत्तमा नगरपालिकामा ४६५, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५६६ जना, देवदह नगरपालिकामा ३५७, सैनामैना नगरपालिकामा २२५ जना, सिद्धार्थनगरपालिकामा ४२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै सियारी गाउँपालिकामा १९६ जना, शुद्धोधनमा १६२ जना, समरीमाईमा ३१६ जना, ओमसतियामा २२५ जना, रोहिणी गाउँपालिकामा २३७ जना, मायादेवीमा ३१८ जनाको उम्मेदवारी परेको छ। मर्चवारीमाईमा २८२ जना, कोटहीमाइमा ३२६ जना, कञ्चनमा १५२ जना, गैडहवामा ३४५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर विनोद अधिकारीले जानकारी दिए। निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ।

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्