ललितपुर महानगरमा एमालेकी उपमेयर उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता
काठमाडौं, वैशाख १३ : ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी बनेकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ...
काठमाडौं, वैशाख १३ : ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी बनेकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।
उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो ।
उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।
प्रकाशित मिति: १८:३० बजे, मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











