Kathmandu Press

गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा 

काठमाडौं, वैशाख १३ : राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको हेर्दाहेर्दैमा परेको छ। मंगलबार न्यायाधीश सपना प्रधान मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाई भएको मुद्दा...
गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा 

काठमाडौं, वैशाख १३ : राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको हेर्दाहेर्दैमा परेको छ।

मंगलबार न्यायाधीश सपना प्रधान मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाई भएको मुद्दा समय अभावका कारण हेर्दाहेर्दैमा परेको हो। अधिकारीको मुद्दाको थप सुनुवाई बिहीबार हुने बताइएको छ। 

सरकारले छानबिन थालेपछि निलम्बनमा परेका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै छानबिन रोक्न माग गरेका थिए। उक्त रिटमाथि वैशाख ६ गते सुनुवाई हुँदा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छानबिन रोक्न आदेश दिएको थियो ।

उक्त आदेशमा अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बनधमा निर्णय लिन भन्दै वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखिएसँगै उनले पूर्ववत् अवस्थामै कामकाज गर्न भने पाउनेछन् ।

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्