Kathmandu Press

 गठबन्धनको सहमतिविपरितका उम्मेदवारी फिर्ता गर्ने पहल भइरहेको छ : देव गुरुङ

काठमाडौं, वैशाख १३ : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा...
 गठबन्धनको सहमतिविपरितका उम्मेदवारी फिर्ता गर्ने पहल भइरहेको छ : देव गुरुङ

काठमाडौं, वैशाख १३ : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले धेरैजसो पालीकाहरुमा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका हुन्।  उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक फरक रुपमा भएका मनोनयन फिर्ता हुने दावी गरे। गुरुङले वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृतिलाई हावी हुन नदिने गरि संविधान बिरोधी पक्षलाई दुरुत्साहित गर्ने कोशिस हुने बताए। 

त्यस्तै गुरुङले बित्तिय एकाधिकार दलाल पुँजिवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गरे। परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी बस्तुको उत्पादनमा ध्यान नपुग्दा अहिलेको अवस्था आएको उनको भनाई छ । 

परनिर्भरता न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउन राज्यको भूमिका हुनुपर्नेमा यसअघिको सरकारको त्यसतर्फ ध्यान जान नसकेको उनको भनाई छ । 

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्