Kathmandu Press

माओवादीले घोषणापत्र निकाल्नै सकेन, अन्यको घोषणापत्र झुटको पुलिन्दा : ओली 

काठमाडौं, वैशाख १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गरेका छन्। मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन...
माओवादीले घोषणापत्र निकाल्नै सकेन, अन्यको घोषणापत्र झुटको पुलिन्दा : ओली 

काठमाडौं, वैशाख १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गरेका छन्। 

मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उहाले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गरेका हुन्। कांग्रेसको घोषणापत्रमा संविधाननको केहि बिषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणापत्रबाट चोरिएको उनाले आरोप लगाए। 

उनले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गरे। उनले कांग्रेसले राजनीतिक पार्टीको चरित्र नै गुमाउन लागेको तर्क गरे । त्यस्तै ओलीले माओवादीले घोषणपत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणापत्र झुटको पुलिन्दा भएको बताए। 

उहाँले टिकट वितरणमा देखिएका बिषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे। एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे। 

अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण पनि गरे। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्