Kathmandu Press

मेयर बन्न मन्त्रालयको उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट पाएनन् 

काठमाडौं, वैशाख १३ : आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सरकारी जागिरबाट राजीनामा गरेका व्यक्तिलाई टिकट नपाएको सार्वजनिक भएको छ। संघीय मामिला तथा  सामान्य प्रशासन...
मेयर बन्न मन्त्रालयको उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट पाएनन् 

काठमाडौं, वैशाख १३ : आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सरकारी जागिरबाट राजीनामा गरेका व्यक्तिलाई टिकट नपाएको सार्वजनिक भएको छ। 

संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले उम्मेद्वारी दिनेबेला टिकट नपाइएको पाइएको छ। 

भुसालले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका थिए ।

कांग्रेसका नेता डा। शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि उनले सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएका थिए ।

तर कांग्रेसले अन्तिममा उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार बनाएको हो। 

२५ वर्षे निजामति सेवा पूरा गरेका उनले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन । 

प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्