Kathmandu Press

नीलकण्ठ नगरपालिकामा माओवादीबाट दिपक विश्वकर्मा उपमेयरका उम्मेदवार 

नीलकण्ठ नगरपालिकामा माओवादीबाट दिपक विश्वकर्मा उपमेयरका उम्मेदवार 

धादिङ, वैशाख १३ : नेकपा माओवादी केन्द्रले धादिङको नीलकण्ठ नगरपालिकाको उपमेयरका लागि दिपक विश्वकर्मालाई अघि सारेको छ। माओवादी केन्द्रको धादिङ जिल्ला कमिटीको सिफारिसमा बाग्मती प्रदेशले विश्वकर्मालाई नीलकण्ठको उपमेयर बनाउने निर्णय गरेको हो। 

जिल्लाको राजनीतिमा प्रभावशाली मानिने विश्वकर्माले सोमबार नै उपमेयरमा मनोनयन दर्ता गराइसकेका छन् । उनी माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी सदस्य र नेपाल दलीत मुक्ति मोर्चा बाग्मती प्रदेशका ईन्चार्ज हुन्।

नीलकण्ठ नगरपालिका गठबन्धनको भागवण्डा बमोजिम कांग्रेस र माओवादी केन्द्रले मनोननय दर्ता गराएका छन् । कांग्रेसबाट यसअघिकै मेयर भीमप्रसाद ढुंगानाले पुनः नीलकण्ठको मेयरमा उम्मेदवारी दिएका छन् । यसपटक माओवादीले यहाँ उपमेयर पाएको हो। 

यसअघिको निर्वाचनमा पनि माओवादीले उपमेयर नै पाएको थियो । हाल जिल्ला पार्टी संयोजक रहेका मनराज भण्डारी ‘शैलेस’ यसअघिको निर्वाचनबाट उपमेयर निर्वाचित भएका थिए।  

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्