एक लाख ३६ हजार उम्मेदवार, कुन पदमा कति?
काठमाडौं, वैशाख १३ : स्थानीय तह निर्वाचनका लागि एक लाख ३६ हजार २६९ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगका अनुसार यो आज बिहान ७ः३०...
काठमाडौं, वैशाख १३ : स्थानीय तह निर्वाचनका लागि एक लाख ३६ हजार २६९ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगका अनुसार यो आज बिहान ७ः३० बजेसम्म प्राप्त विवरण हो। दुर्गमका स्थानीय तहबाट विवरण आउन बाँकी रहेकाले यो संख्या बढ्ने आयोगले जनाएको छ।
अहिलेसम्म प्राप्त विवरणअनुसार, मेयरमा तीन हजार २६१ र उपमेयरमा दुई हजार तीन जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, गाउँपालिका अध्यक्षमा तीन हजार २५४ र उपाध्यक्षमा दुई हजार २५२ जनाको उम्मेदवारी परेको छ।
यसैगरी, वडाध्यक्षमा ३२ हजार ६९ जना उम्मेदवार पुगेका छन्। महिला वडा सदस्यमा २३ हजार ३७५ र दलित महिला वडा सदस्यमा २१ हजार ११५ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, वडा सदस्यमा ४८ हजार ९१० जनाले उम्मेदवारी दिएका छन्।
वैशाख ३० गते हुने निर्वाचनबाट ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
प्रकाशित मिति: ०७:५४ बजे, मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











